धानखेतीमा विभिन्न रोग देखिएपछि बाराका किसानहरु चिन्तित्

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

लामो समयदेखी झरी पर्दा धानखेतीमा विभिन्न रोगको संक्रमणहरु देखिएको छ । धानबालीमा विभिन्न रोग संक्रमणहरु देखिएपछि बाराका किसानहरु चिन्तित परेका छन ।

प्रसस्त पानी र मलजल गरेर हुकर्दै गरेको धानबालीमा रोगहरुले सताउन थालेपछि बाराका किसानहरु समस्यामा परेका छन। जिल्लाका अधिकांश पालिकाहरुमा लगाईएको धानबालीहरुमा फेद र गाँज कुहीने, गुभामा किराले काट्ने र रातो भएर डढुवा लाग्ने जस्ता समस्याहरु देखिएका छन ।

अहिले एक सातादेखी बारा, पर्सा सहित देशभर निरन्तर बर्षा भईरहेको छ । लामो सयम बर्षा भएकाले पनि धानबालीमा ब्लाष्ट जस्ता समस्याहरु देखापरेको एक कृषी प्राविधिकले बताए । यो समस्या जिल्लाका १६ वटै पालिकाहरुमा रहेका किसानहरुले लगाएका हाईव्रिड जातका धान र भदैया धानहरुमा सवैभन्दा बढि समस्या देखिएको किसानहरु बताउछन।

बर्षात हुनुभन्दा पहिला राम्रै अवस्थामा रहेको आफुले लगाएको धान अब फुट्ने बेलामा आएर गाँज कुहिने र किराले काट्ने समस्याहरु रहेको बारा जीतपुरसिमरा उपमहानगरपालिकाकी किसान दुखीमाया थिङ्गले दुखेसो पोख्नुभएको छ । थिङ्गको समस्या जस्तै अन्य धेरै किसानहरुको पनि समस्या उस्तै छन ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *