परवानीपुर गाउँपालिकाको ३५ करोड ७७ लाख ४४ हजारको निती कार्यक्रम र बजेट सार्वजनिक

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/
परवानीपुर गाउँपालिकाको १२ औँ गाउँ सभा तथा निती तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण परवानीपुरमा सम्पन्न भएको छ ।

कृषि अनुसन्धान निर्दशनालय बाराको सभाहलमा भएको कार्यक्रमको उद्घाटन पुर्ब संघिय सरकारका कृषि पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले गर्नुभएको थियो । उहाँले गाउँपालिकालाई उत्पादकत्व बृद्धि हुने क्षेत्रमा लगानी गर्न गाउँपालिकालाई अनुरोध गर्नुभयो ।

तराईका यी भुमिहरु अन्नका भण्डार उब्जाउँने भुमि भएका कारण कृषकलाई लाभ हुने किसिमको योजनालाई प्राथमिकतामा राखेर अघि बट्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । जग्गा खाली राख्ने वा बाँझो राख्ने मानिसलाई दण्डित गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

त्यस्तै बारा क्षेत्र नं.४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य देवानारायण चौधरीले बिकासको मामलामा सबै एकजुट भएर लाग्नुपर्ने सल्लाह दिनुभयो । अनुशासनको पालना गरी मर्यादित भई आफनो कुरा राख्न सल्लाह दिनुभयो ।

परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार साह रौनियारले गाउँपालिका उप प्रमुख सुगन्धी देबीको आज्ञाले ३५ करोड ७७ लाख ४४ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा निती तथा कार्यक्रम गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीले बाचन गर्नुभएको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *