जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ स्थित त्रिबेणी स्पनेनिङ मिल्सबाट हटाईएका मजदुरहरुलाई पुनर्बहाली गर्न मजदुर युनियनले माग गरेको छ ।
दसैँ र तिहारको समयमा मजदुरलाई बाड्ने बोन्सको बिषयमा बिवाद भई समस्या समाधान गर्न उद्योग पक्ष र मजदुरपक्ष बार्ता चलिरहेकै समयमा उद्योगले मंशिर १२ गते बार्तामा बस्ने २३ जना मजदुरहरुलाई हटाएको अखिल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य बेनि तिमलसिनाले जानकारी दिनुभयो ।
मजदुर हटाएको घट्नाको भत्सर्ना गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्ट ,नेपाल ट्रेड युनियन काँग्रेस र अखिल ट्रेड युनियन महासंघ मधेस प्रदेश कमिटीले आपत्ती जनाएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का मधेश प्रदेश अध्यक्ष कमलेश झा , नेपाल ट्रेड युनियन काँग्रेस मधेशप्रदेश अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी र अखिल ट्रेड युनियन महासंघ मधेस प्रदेश अध्यक्ष अर्जुन चिमरियाले संयुक्त रुपमा बिज्ञेप्ति निकाली मजदुरमाथि भईरहेको दमन रोक्न र हटाईएका मजदुरहरुको यथाशिघ पुनर्बहालीको माग गरेका छन् ।
मजदुरबिरोधी कार्य नरोकिएमा मजदुर युनियन बारा,पर्सा ब्यापी आन्दोलन गर्न बाध्य हुने मजदुर युनियनले जनाएको छ । बिज्ञेप्तिमा प्रचलित श्रेम ऐन बिपरित २३ जना मजदुरहरुलाई गरिएको कार्बाही फिर्ता गर्न र बिगतमा हटाईएका १४ जना मजदुरलाई तत्कालै पुनर्बहाली गर्न माग गरिएको छ । करिब दुई बर्ष अगाडि उद्योगले १४ जना मजदुरहरुलाई हटाएको थियो ।
उनीहरु अहिले श्रम अदालत काठमार्डौमा तारिक धाईरहेका छन् । मजदुरहरुले बारा र पर्साका प्रमुख जिल्ला अधिकारी ,श्रम बिभाग काठमाडौँ ,उद्योग बाणिज्य महासंघ काठमाडौँ , श्रम तथा रोजगार कार्यालय बिरगंज र बिरगंज उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन् ।
यही कार्तिक ३ गते उद्योग परिषरमै प्रहरी र मजदुरबिच भिडन्त भएको थियो । जसमा दर्जनौँको सङ्ख्यामा मजदुर र केही प्रहरी घाईते भएका थिए ।