शितलहर प्रभावितहरुलाई न्यानो कपडा र दाउरा वितरण गर्ने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 766
पढ्न लाग्ने समय : 2 मि.

सिकेन्द्र पासवान/
जिल्ला प्रशासन कार्यालय बारामा जिल्ला बिपत ब्यवस्थापन समितिको बैठक मंगलवार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षतामा वसेको वैठकले जाडो प्रभावितहरुलाई न्यानो कपडा एवम दाउरा बालेर न्यानो पार्ने अभियान अगाडी बढाउने निर्णय भएको छ ।

तराई मधेसको जिल्लाहरुमा पुस र माघ महिनामा शितलहर चल्ने गर्दा गरिव तथा विपन्न परिवारहरु प्रभावित हुने भएको हुदा न्यानो कपडा अभावमा ज्यानै जाने सम्मको कामलाई रोक्नका लागि समितिले यस्तो निणर्य गरेको हो ।

यस्तै वैठकले कोभिड बिरुद्धको खोपलाई सहज बनाउनका लागि सरकारी निकाय र पालिकाहरुवीच समन्वय र सहजीकरण गर्ने समेत निर्णय भएको छ । २०७८ सालको असोज महिनाको बर्षा र बाढीले क्षति पुर्याएको धानबालीको क्षति विवरण कानुनी प्रक्रिया बमोजिम १५ दिन भित्रमा प्रत्येक पालिकाहरुले विवरण तयार गरि जिल्ला प्रशासनमा त्यसको विवरण पढाई केन्द्रमा विवरण पठाउने, मनसुनजन्य बिपतबाट क्षतिग्रस निजी अवास मर्मत, प्रबलीकरण, पुननिर्माण, र पुर्नस्थापनाका लागि अनुदान रकम निकासा गर्ने पालिकाहरु मर्फत उपलब्ध गराउनु पर्ने विवरण यथाशिघ्र उपलब्ध गराउन निर्देशन गर्ने निणर्य गरीएको छ । किसानहरुका लागि आवश्यक मलखाद उपलब्धताका बारेमा आएको गुनासोलाई सम्बोधनका लागि आवश्यक समन्वय र सहजीकरणका लागि समबन्धीत निकायलाई जानकारी गराउने निर्णय समेत भएको हो ।

पालिका स्तरमा रहेको बिपत व्यवस्थापनलाई सक्रिय पार्नका लागि सहभागी पालिका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारी कटुवालले आग्रह समेत गरेका थिए । कार्यक्रममा पालिकाका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, सरकारी कार्यालयका प्रमुख, प्रतिनिधी, पत्रकार, सुरक्षा निकायका सदस्यहरु, रेडक्रस, उधोग बाणिज्य संघ, लगायतको प्रतिनिधीहरुको बैठकमा सहभागिता रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।