लाखौको माल समान बरामद

गढिमाइ खबर
218 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : प्रहरीले बिहीबार दिउँसो बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोकमा एक माल बाहक ट्रक बाट लाखौको माल समान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरिक्षक टोप बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकबाट स्रोत खुलाउन नस्केको (एक्तिस लाख बयासी हजार साठ्ठी) रूपैया बराबरको माल समान बरामद गरेको हो ।

उक्त ट्रक बाट प्लास्टिक व्याग,वाटर हिटर,औषधी,ईलाइची लगाएतका अन्य खुद्रा समानहरू बरामद गरिएको छ ।यसैगरी प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा बुधबार राति एक माल बाहक ट्रक बाट लाखौको माल समान बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाका बरिष्ठ प्रहरी नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिृएको प्रहरी टोलीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको ना ५ ख ७०५२ नम्बरको ट्रक बाट गरेको स्रोत खुलाउन नस्केको रू.छत्तिस लाख तेह्र हजार नौ सय उनान्सत्तरी रूपैया बराबरको माल समान बरामद गरेको हो ।

बरामद गरिएको माल समानमा हार्डवेयर,मोटर पोर्टस,डाईवेयर वाइल,कल्क लगाएत अन्य खुद्रा समानहरू रहेका छन ।उक्त माल समान सहित दुबै ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्