बारा सिमराका युवा खड्का बने पाईल्ट

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 161
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादव/

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ नरबस्ती निवासी युवा एसन खड्का जीतपुरसिमराकै पहिलो पाईलट बन्न सफल भएका छन ।

खड्का पाईलट अध्ययनको लागी विदेश गएका थिए । स्वदेशमा पाइलट पढ्ने अवसर नभएपछि उनी विदेशिएका थिए । उनले २०२१ अप्रिल १८ देखि पाईटको अध्ययन शुरु गरेका थिए । जुलाई ८ मा अध्ययन सकेर पहिलो पटक अगस्ट ०८ मा आर.पि.सि ८५९६ नम्बरको हवाईजाहाजको उडान भरेका थिए ।

खड्का पढ्नको लागि फिलिपिन्सको डुमगाउते नाम गरेको शहरमा बसेर पढेको हुन् । उनले पढेको विश्वविद्यालयको नाम रोएल एभीसन्स एकेडेमी हो । खड्को सफलताले समग्र नगरको शिक्षाका लागि प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।