जीतपुरमा सञ्जीवनी बाटिका सञ्चालनको तयारीमा

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब/
बाराको जीतपुर स्थित सञ्जीवनी बाटिका सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । सञ्जीवनी वाटिका(वृद्धाश्रम) जीतपुरका अध्यक्ष एवं पूर्व मन्त्री फरमुल्लाह मन्सुरले दिनुभएको जानकारी अनुसार करिब एक करोडको लागतमा निर्माण गरिएको वृद्धाश्रम भवन सवा ८ कठ्ठा जग्गामा फैलिएको छ ।

एक सय जनासम्म जेष्ठ नागरिकहरुलाई राख्ने क्षमता भएपनि हाल १५ देखि २५ जनासम्म राख्ने योजना भएको अध्यक्ष मन्सुरले बताउनुभयो । एउटा कोठमा पाँच वटा बेड राखिएको छ ।प्रत्येक बेडको लागि एउटा दराज र समान राख्ने टुल उपलब्ध गराईएको छ ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उद्घाटन गरिन लागेका वाटिकाभित्र भोजन कक्ष, भजन कृतन,टेलिभिजन तथा योगा कक्ष आदि निर्माण गरिएका छन् । साथै आँप लिचीका बगैचा, प्रभातकालिन भ्रमण पथ, फूलबारी लगायत निर्माण गरिएका छन् ।

सञ्जिबनी बाटिकाको नाममा हाल १० लाखको अक्षयकोष खडा गरिएको छ । यसलाई एक करोडसम्म पुर्याउने लक्ष्य राखिएको अध्यक्ष मन्सुरले जानकारी दिनुभयो ।

बि.स.२०६४ सालमा दर्ता भएको संजीवनी बाटिका २०६६ साल असोज ५ गते ओम प्रकाश रुंगटा,मुस्लीम धर्मालम्बीको धर्म गुरु हाजी शरिफ अंसारी,हिन्दु धर्मालम्बीको धर्म गुरु सुकदेव साह,बौद्ध धर्मालम्बीका धर्म गुरु पदम बहादुर लामा,ईसाई धर्म गुरु रैम पिटर राजन र संजिवनी वाटिकाका अध्यक्ष मंसुरले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *