नेपाल प्रेस युनियन बाराको अध्यक्षमा दोश्रो कार्यकालका लागि पुनः श्यामबाबु यादव चयन

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

सन्दिप यादव/
नेपाल प्रेस युनियन बाराको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा श्यामबाबु यादव दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन ।

बाराको सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसको हलमा शुक्रबार राति सम्पन्न बन्द सत्रले एक कार्यक्रम बीच सम्पन्न सातौं जिल्ला अधिवेशनबाट युनियनको अध्यक्षमा यादव फेरी सर्वसम्मतबाट चयन भएका हुन् ।

अधिवेशनले यादवको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति समिति गठन गरिएको छ । जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा पनि दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।

यस्तै समावेशी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा राजेश कुशवाहा, सह–सचिवमा बिनिता चौधरी तथा कोषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले जिल्ला कार्यसमिति सदस्यहरुमा प्रभु यादव, पवन सिंह, चन्दन कुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता, राहुल गुप्ता, नुर आलम बादसाह, सन्दिप यादव लगायत निर्वाचित भएका निर्वाचन अधिकृत एकरामुल हकले जानकारी दिएका छन ।

नेपाल प्रेस युनियन बारा शाखामा पुरानो सदस्य ५८ जनाको सदस्यतालाई नवीकरण गरिएको थियो भने १० जना नंया सदस्य थप गरि ६८ जना सदस्य मतदाता रहेको छन ।

जिल्ला अधिवेशनको नेपाल प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्सालले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष अनिल कुमार कर्ण, मधेस प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठ , केन्द्रीय सचिव अशोक तिवारी, प्रेस युनियनका संस्थापक डा.शोभाकार पराजुली, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव दिपेन्द्र चौहान, बाराका अध्यक्ष रेशम तिवारी,नेपाली कांग्रेसका जिल्ला सभापति राजेश राय यादव ,प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्जालन निवर्तमान सचिव साजिर मन्सुरले गरेको थिए । अधिवेशनको बन्द सत्रले सचिव मन्सुरको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बसन्त शर्माको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *