राम मण्डल/
मधेस प्रदेश सरकारले शुरु गरेको बेटी पढाऔ बेटी बचाऔ अभियान अन्र्तगत संचालन गरेको साईकल बितरण कार्यक्रम अहिले प्रदेशका आठ वटै जिल्लाहरुमा रोकिएको छ ।
प्रदेश सरकारले यसअघि कक्षा ८ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल बितरण गर्दै आएको थियो ।
तर उक्त अभियान अन्र्तगत अहिले छात्राहरुले साईकल पाउन छाडेका छन । पहिले साईकल बितरण गरेर नाम कमाएको प्रदेश सरकार अहिले साईकल बितरण गर्ने कार्यबाट पछि हटेको छ ।
यतिमात्रै नभई दुई बर्ष पहिले पाँच हजार साईकल समेत खरिद भएर प्रदेश सरकारले आफनो गोदाममा थन्काएर राखेको छ ।
०७८ साल असारको तेस्रो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद गरेको थियो । जसमध्ये झण्डै आधा साइकल अझैं वितरण हुन नसकेको हो । गोदाममै पाँच हजार थान साइकल कबाड हुने अवस्थामा छन ।
पुर्वमुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले तेस्रो चरणमा आर्थिक वर्ष २०७७÷७८ मा १० हजार थान साईकल ८ करोड ४४ लाख १० हजार रुपैयाँमा खरिद गरको थियो । काठमाडौंको पुतली सडकस्थित स्यान्यो इन्टरनेशनल प्रालिमार्फत खरिद गरेको थियो ।
बेटी पढाऔ बटी बचाऔ अभियान अन्र्तगत खरिद गरिएको साईकलमा अनियमितता भएको आरोपमा अख्तियारले मुदा दर्ता गरेपछि उक्त अभियान अन्र्तगत साईकल बितरण गर्ने कार्य समेत रोकिएको हो ।
सरकारले पहिले साईकल बितरण गरेर अहिले रोकेपछि सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरु भने आफुहरुलाई पनि साईकल दिनुपर्ने माँग गर्दै आएका छन । कक्षा ८ का छात्राहरुले पहिले साईकल पाएको तर अहिले किन नपाईने भन्दै विद्यालयका प्रधानाध्यापकलाई बेलाबेलामा सोध्ने गरेको ।
वीरगञ्ज महानगर आदर्शनगर स्थित जनजाति आधारभुत विद्यालयका प्रधानाध्यापक रामाधार साहले बताए । उनले छात्राहरुलाई सम्झाएर राख्ने गरेको पनि जानकारी दिए ।बेटी पढाऔ बेटी बचाऔ अभियान अन्र्तगत साईकल बितरण गरेर प्रदेश सरकारले सकारात्मक कार्य गरेपछि कक्षा ८ का छात्राहरुले ७ कक्षा बाट ८ कक्षामा पुगेपछि साईकल पाईने भनेर प्रधानाध्यापक मात्रै नभई स्थानीय तहका जनप्रतिनिधिलाई समेत सोध्ने गरेका छन ।
विद्यालयका छात्रासँगै प्रधानाध्यापकहरुले समेत कक्षा ८ छात्राहरुलाई अहिले साईकल बितरण बन्द भएपछि आफुसित त्यो कार्यक्रम अन्र्तगत साईकल बितरण गराई दिन भन्ने गरेको वीरगञ्ज महानगरपालिका ३१ का वडाध्यक्ष जितेन्द्र यादवले बताए ।
प्रदेश सरकारले छात्राहरुलाई बेटी पढाऔ बेटी बचाऔ अभियान अन्र्तगत साईकल बितुरण गर्ने कार्य रोकेर गलत कार्य गरेको जनमत पार्टी पर्साका सहईन्चार्ज मुकेश द्विबेदीले बताए ।
उनले पहिले नै कमिशनको चक्करमा साईकल खरिद गरिएको तथा अहिले पाँच हजार साईकल गोदाममा थन्काएर राख्नु लाजमर्दो बिषय भएको बताउदै प्रदेश सरकारसित छिटै गोदाममा रहेको साईकल कक्षा ८ का छात्राहरुलाई बितरण गर्नुपर्ने माँग गरेका छन ।