रञ्जन यादब/
बाराको तामागढी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुलाई सदस्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । तामागढी साकोसले नयाँबस्ती सेवा केन्द्र मार्फत सदस्यहरुलाई सदस्य प्रशिक्षण गरेको हो ।
संस्थाको शिक्षा उपसमिति संयोजक रमा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कोल्हबी नगरपालिका वडा नं.–८ का वडा सदस्य बिक्रम चौधरी, नयाँबस्ती सेवा केन्द्र संयोजक नारायण पौडेल ,कोल्हबी न पा–८ का वडा सचिव भागवत चौधरी,संस्थाका कर्मचारी सेवा केन्द्र नयाँबस्ती प्रमुख सरस्वती खनाल,सेवा केन्द्र सिमरा प्रमुख उमेश सापकोटा ,कर्जा सहायक सिताराम चौधरी लगायतको उपस्थिती रहेको थियो । प्रशिक्षण कार्यक्रममा ४५ जना सदस्यहरुलाई प्रशिक्षण गरिएको थियो ।