देवताल गाउँपालिकामा जसपा अध्यक्ष यादबले चुनावी कार्यक्रमलाई तिब्रता

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवले देवताल गाउँपालिकाको विभिन्न वडा तथा टोलहरुमा चुनावी कार्यक्रमलाई तिब्रता दिएक छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनको साझा उम्मेदवरसमेत रहेका यादवले बारा क्षेत्र नं.२ मा आफ्नो आफ्नो जित सुनिश्चित रहेको दावी गरे ।

देवतालअन्तर्गत पर्ने बडकी फुलवरीया, अमवा, कटहरिया, झिटकैयालगायतका टोलहरुमा सम्पन्न भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले घरदैलो कार्यक्रममा जनताको उत्साह जनक सहभागीता देखेर आफूपनि उत्साहित भएको बताए । उनले आफ्नो उम्मेदवारी मुलुकको विकास, समृद्धि र संघीय लोकतन्त्रको रक्षाका निमित्त रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनका अन्य नेताहरुले पनि बारा क्षेत्र नं.२ मा उपेन्द्र यादवको जित सुनिश्चित भएको दावी गरे । बाराका जनताले मधेश र मधेशी जनताको आधिकारका लागि सुरुवातदेखि लागेको नेता उपेन्द्र यादवलाई छान्ने बताए ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *