गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष यादवलाई जिताउने नेपाली काँगेस बाराको निर्णय

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 386
पढ्न लाग्ने समय : 1 मि.

नेपाली काँग्रेस बाराले निर्वाचन क्षेत्र २ मा हुन गईरहेको उपनिर्वाचनमा गठबन्धन दलका उम्मेदवार जनता समाजवादी पार्टी(जसप) का अध्यक्ष उपेन्द्र यादव सहयोग गर्ने निणर्य गरेको छ ।

कलैया स्थित पार्टी कार्यालय विपी भवनमा जिल्ला सभापति राजेशराय यादवको अध्यक्षतामा बसेको वैठकले यस्तो निणर्य गरेको हो ।

वैठकले यादवलाई विजयी गराउन पार्टीका भातृ एवम् शुभेच्छुक संघ संस्था, संगठन लगायत सम्पुर्ण पार्टीपंत्तिलाई परिचालन गर्ने निणर्य गरेको छ ।

यस्तै गठबन्धन दलहरुसंग समन्वय गरि जसपा अध्यक्ष यादवलाई अत्याधिक मतले विजयी गराउन आ आफ्नो तवरबाट सहयोग गर्न र प्रचारप्रसारमा सकृय हुन सम्पुर्ण केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य तथा पदाधिकारीहरु क्षेत्रिय प्रतिनिधि तथा समितिहरु र सम्पुर्ण पार्टी सदस्यहरुलाई आह्वान गरिएको छ ।

वैठकमा डा.शोभाकर पराजुली, निजगढका पुर्व मेयर सुरेश खनाल, महिला नेतृ माला लामा, कोषाध्यक्ष बासु चौधरी लगायत जिल्ला कार्यसमिति पदाधिकारी, सदस्यहरु, क्षेत्रिय प्रतिनिधि, निर्वाचित प्रतिनिधिहरुको उपस्थिती रहेको क्षेत्र नम्बर ४ क का क्षेत्रिय सभापति लोकेश सिंहले जानकारी दिएका छन ।

 

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।