बारामा सवारीदुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गयो

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

बारा । बारामा सवारीदुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ सिम्रिका निवासी २६ वर्षीय भुवन पहारी र २७ वर्षीय रितबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोही स्थानमा २४ वर्षीय सुशील माझी घाइते भएका छन् ।

आइतबार राती पूर्वपक्षिम लोकमार्गको भमरा र धन्सार पुलबीचको जङ्गलमा पर्ने सिम्री जाने सडकमा चक्का फेर्न भनेर राजमार्ग छेउमा रोकेर राखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको मालबहाक ट्रकमा निजगढबाट सिम्रीतर्फ जाँदै गरेको प्रदेश २–०३ –००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा सवार ३ जना मध्ये दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका माझी लाई भरतपुर लगिएको स्थानीय प्रहरीले जनाएका छन् ।मृत्तकको शव पोष्टमार्टमको कलैया पठाइएको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *