रञ्जन यादब/
बाराको सिमरा जगदम्बा स्टिलको मुख्यप्रायोजनमाजीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि आयोजनाहुने भएको छ ।
सिमरा रंगशालामाफ्लड लाइटमा आयोजनाहुने प्रतियोगिताबारे सोमबार आयोजक नव जनजागृती युवाक्लबले सिमरामा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । प्रतियोगितामा ५ ए डिभीजन क्लब र ५ मोफसलका गरि १० टिमको सहभागिता रहनेछ । साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पाक्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथक्लब, बिएफसीचितवन, मकवानपुर ११ हेटौंडा, बागमतीयुवाक्लब सर्लाही, बिरगंज युनाइटेड क्लब र आयोजकनवजनजागृतीयुवाक्लबले प्रतियोगिता खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँप्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकलप्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन । प्रत्येक खेलकाम्यानअफदिम्याचले १० हजार रुपैयाँप्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्ण दत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यकतयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्नभएको आयोजक नव जनजागृति यूवा क्लबले जनाएको छ ।