सन्दिप यादव/
बाराको सदरमुकाम कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कुल +२ विज्ञान र व्यवस्थापनको ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ ।
विद्यालयको प्राङ्गणमा शनिबार एक कार्यक्रमका बीच बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले गरेका थिए ।
कार्यक्रमको उद्धघाटन गदै नगरप्रमुख साहले बोल्दै बाल एकताले ११ र १२ पनि समावेश गरेकोमा धन्यवाद दिदै अब उप्रान्त बिद्यार्थीहरु बाहिर जानू नपर्ने र कलैया मै गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने बताएका थिए ।
साथै कार्यक्रमा कक्षा ७,९,१० र १२ का बिद्यार्थीहरुले कालीमाताको भूमिका राम्रो खेलेकाले पाच हजार एक सय रुपैयाको नगद पुरस्कर समेत नगर प्रमुख साहले दिनु भएको थियो । विद्यालयमा हाल करिब एक हजार आठ सय बिद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रुपेस सोवर्णकारले बताए ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, प्रमुख शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद प्रसाद वर्णवाल, नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहा,नेशनल प्याब्सन केन्द्रिय सचिव अलिमहमद,सिद्धि विनायक बोडिङ्ग.स्कुलका प्रधानाध्यापक भरत बहादुर मल्ल,ब्रहमकुमारी कलैयाका सुस्मा निथी,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादव,नेपाल भारत मैत्री संघका प्रदेश सचिव पवन अग्रवाल, उधोग वाणिज्य संघका उपाध्यक्ष प्रदीप गुप्ता,कलैया सिटि जेसिजका अध्यक्ष सुभाष जैसवाल लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला साहको अध्यक्षतामा भएको कार्यक्रमकामा बाल एकता बोडिङ्ग स्कुलका डाईरेक्टर सुमोध सरार्फले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक मनोज सेढाईले गरेका थिए ।
अभिभावक दिवसको अवसरमा विद्यालयले संस्कृतिक कार्यक्रम,गीत,नृत्य,नाटक लगायत विभिन्न किसिमको प्रस्तुति गरी विद्यालयको स्थापना मनाइएको थियो ।