कलैया । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको नवगठित सात दलिय गठबन्धको सरकारमा बाराबाट निर्वाचित नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले फेरी मन्त्री पदमा ह्याट्रीक गरेकी छिन ।
माओवादी एमाले सहित सात दलिय सरकारमा बाराले एक संघीय मन्त्रालय पाएको छ । माओवादी राजनितिबाट उदाएकी ज्वाला साह नेकपा एमालेबाट मन्त्रालय पछि तय हुने गरी
एमाले, माओवादी, स्वतन्त्र पाटी, राप्रपा सहित सात दलको सर्मथनमा नवनियूक्त प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसंगै आठ अन्य मन्त्रीहरुले पनि पनि सोमवार नियुक्त भई सपथग्रहरण गरेका हुन । नव नियुक्त आठ मन्त्री मध्या साह पनि नियुक्त भएकी हुन । नवगठित सरकारको नेतृत्वमा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्रीको नेतृत्व गर्दै विष्ण पौडेल सहित बाराकी सांसद साह पनि मन्त्रीमा नियुक्त भएकी हुन ।
फेरी नियुक्त भएसंगै नेतृ साहको यो चौथोपटक मन्त्रीमा ह्याट्रीक गर्ने अवसर पाएकी हुन । साहलाई पछि मन्त्रालयको जिम्मा दिनेगरि विनाविभागिय मन्त्री बनाईएको हो । गत मंसिर ४ गते सम्मपन्न निर्वाचनमा निवर्तमान सांसद रामबावु प्रसाद यादवलाई हराउदै साह संघीय सांसद बन्न सफल भएकी थिईन ।
नेकपा माओवादीको दशबर्षे जनयुद्धबाटै राजनीति यात्रामा होमिएकी साह योसंगै माओवादीबाट दुई पटक र नेकपा एमालेबाट दुई पटक मन्त्री बनेकी हुन । २०६६ मा माओवादीबाट भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी र फेरी माओवादीबाट २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित भई ुनः पर्यटन राज्यमन्त्री भएकी थिईन ।
यता २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा बारा ३ क बाट मधेश प्रदेशको प्रदेशसभामा निर्वाचित भएकी उनी नेकपा फुटेपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमै रहिन । माओवादी छाडेर एमालेमा लागेपछि उनको प्रदेश सभा सदस्य पद गुमेको थियो । त्यसको लाभको रुपमा नेकपा एमालेले संघीय सरकारको कृषी मन्त्रीमा नियुक्त गरि छोटो समय काम गर्ने अवसर पाएकी थिईन ।
बाराकी एमाले नेतृ साहको चौथो पटक मन्त्रीमा ह्यट्रीक
साझा गर्नुहोस्