निजामती सेवाप्रतीको बढ्दो आकर्षलाई मध्यनजर गर्दै लोक सेवा तयारी कक्षा

गढीमाईखवर डट कम
312 पाठक संख्या

रञ्जन यादब,बारा ।निजामती सेवाप्रतीको बढ्दो आकर्षलाई मध्यनजर गर्दै बराको प्रसौनी गाउपालिकाले निशुल्क लोक सेवा तयारी कक्षा शुरु गरेको छ ।

गाउपालिका अध्यक्ष बिनोद जयस्वालले दिप प्रज्वलन गरि तयारी कक्षाको सुभारम्भ गर्नुभएको थियो । अध्यक्ष जयस्वालले आजको प्रतिस्पर्धात्मक युगमा सरकारि जागिर र निजामती कर्मचारी बन्ने रहर बोकेका गाउपालिकाका युवाहरुको आवस्यकता लाई मध्यनजर गरि लोक सेवा तयारी कक्षा सुरु गरेको बताउँनुभयो ।

गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरीले यो कार्यक्रमलाई आवस्यकता अनुरुप थप्दै जाने पालिकाको योजना रहेको बताउँनुभयो ।

साझा गर्नुहोस्