कलैया । दुई दिन पश्चात् अर्थात आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बारामा खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् ।
बारा जिल्ला मा रहेको ४ वटै निर्वाचनमा रहेकी मतदान केन्द्रका मतदान अधिकृत सम्बन्धित केन्द्र पुगी निर्वाचन प्रक्रिया अन्तर्गतका काम सुरु गरेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
बाराको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सदस्य पद निर्वाचनका लागि जिल्लामा ५५५ वटा मतदान केन्द्रमा ४ हजार ४४० कर्मचारी खटाइएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा समाचार सङ्कलनका लागि यसपटक सञ्चारकर्मीका लागि आफू कार्यरत सञ्चारगृहको परिचयपत्र देखाएर गर्न सक्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ।