नेपाल कम्युनिष्ट पार्टी(एमाले) बाराले १०औं राष्ट्रिय महाधिवेशनका बाराबाट महाधिवेशन प्रतिनिधी छनौट गरेको छ ।
एमाले बाराको आईतवार सम्पन्न वैठकले बारा क्षेत्र नम्बर १, २, ३ र क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधी छनौट गरेको हो ।
एमालेले बारा क्षेत्र नम्बर १ मा त्रिलोकि चौधरी, एक बहादुर श्रेष्ठ, ३.महेन्द्र जैसवाल, गणेश जिम्बा, केबल चौधरी, महिला तर्फ अन्जु नेपाली,.ज्ञानु केसी छनौट भएका छन ।
यसैगरी बारा क्षेत्रमा नम्बर २ सुरेस यादब,मखन पासवान,चन्द्रदेब चौधरी,महिलातर्फ बन्दना सिंह चयन चयन भएका छन ।
यसैगरी एमालेले क्षेत्र नम्बर ३ मा खुल्लातर्फ रबिन्द्र दास श्रेष्ठ, बिनोद साह,अध्यानन्द पाण्डे, एम.समिउल्लाह, अशोक लामा छनौट भएका छन ।
यस्तै महिलातर्फ प्रतिमा मैनाली, तुलसा मैनाली, दलिततर्फ राम नाथ बैठा,लक्ष्मी नेपालीलाई महाधिवेशन प्रतिनिधी छनौट गरिएको पार्टीले जनाएको छ ।
उता बारा क्षेत्र नम्बर ४ मा खुलातर्फ देवनारायण चौधरी,मोबिन आलम, सोचन यादव, भरत घले, ध्रुब प्रसाद यादव, मनोज पौडेल, दिनेश कुश्वाहा चयन भएका छन ।
यस्तै महिलातर्फ कमला घिमिरे,सरस्वती चौधरी, सुगन्धी देवि साह चयन भएका छन ।