वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। मन्त्री यादवले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टीको तर्फबाट उनले उम्मेदवारी दिएका हुन्। नेकपा एमाले र जसपाबीच भएको गठबन्धनअनुसार क्षेत्र नम्बर १ र २ जसपाले पाएको छ ।
यादव २०७४ को निर्वाचनमा जसपाबाटै निर्वाचित भएका थिए। उम्मेदवारी दर्ता गरिसकेपछि मन्त्री यादवले जुन पार्टीसँग गठबन्धन गरेर चुनाव लडे पनि मधेसी जनताको हक अधिकारको लागि आफूले लडाइँ जारी राख्ने बताए।
उनले मधेसी पार्टीसँग बहुमत नभएका कारण मधेसको हक अधिकारको लागि आफूहरुले बेलाबेलामा एमाले, कांग्रेस र माओवादीसँग गठबन्धन गर्नुपरेको जिकिर गरे ।
यसैगरि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।जनता समाजबादी पार्टीका नेता रहेका उनले सोही दलबाट उम्मेदबारी दिएका हुन्।
नेकपा एमाले र जनता सामाजबादी पार्टीबीच भएको गठबन्धन अनुसार क्षेत्र नम्बर १ को ‘ख’ जसपाले पाएको छ ।सोही क्षेत्र बाट २०७४ सालको निर्वाचनमा जसपाबाट नै राउत प्रदेश सदस्यमा निर्वाचित भएका थिए । उनी प्रदेश सभाको पुरै कार्यकाल मुख्य मन्त्री बन्न सफल भएका थिए ।