कलैयामा कोभिड–१९ विरुद्ध बालाबलिकालाई फाइजर खोप दिइने

गढीमाईखवर डट कम
270 पाठक संख्या
कोभिड–१९ विरुद्ध बारा जिल्लाका स्थानीय तहहरूमा पाँच वर्षदेखि १२ वर्षमुनिका एक लाख २० हजार बालबालिकालाई फाइजर खोप दिने अभियान सुरु हुने भएको छ ।
खोप अभियान कार्यक्रमको पहिलो चरणमा यही भदौ १६ देखि ३१ गतेसम्म जिल्लाको कलैया उप–महानगरपालिका, जीतपुर सिमरा उप–महानगरपालिका, निजगढ र कोल्हबी नगरपालिका, फेंटा, प्रसौनी, विश्रामपुर र परवानीपुर गाँउपालिकाका पाँच वर्ष देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले बताउनुभयो ।
यसैगरी दोस्रो चरणमा यही भदौ २७ देखि ३१ गतेसम्म जिल्लाको सिम्रौनगढ, पचरौता, महागढीमाई नगरपालिका, आदर्श कोतवाल सुवर्ण, देवताल, बारागढी र करैयामाई गाँउपालिकामा खोप दिइने छ । खोप अभियान कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ । रासस
साझा गर्नुहोस्