निजगढमा अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षण

गढीमाईखवर डट कम
116 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

निजगढ नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाले अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य परिक्षण शिविर संचालन गरेकोछ ।

केन्द्रले हातखुट्टा कमजोर भएका,शरीर बाङ्गीएका,कुपोषणका कारण शारीरिक रुपमा सामान्य अपांग भएका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेकोहो ।

निजगढ नगरपालिकाको आर्थिक सहयोगमा संचालित शिविरमा अपाङ्ग सहायता सामाग्री समेत वितरण गरिएको थियो ।

कार्यक्रममा निजगढका मेयर सुरेश कुमार खनालले नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको सहजताको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

पुर्ण रुपमा अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाले घरमै पुगेर परिचयपत्र वितरण गरि उनिहरुले प्राप्त गर्ने सेवा सुविधाहरु उपलब्ध गराएको बताए ।

स्वास्थ्य परिक्षण शिविरमा सामान्य उपचार सङ्गै आवश्यक थप उपचारको लागी बनेपास्थित अस्पतालमा शल्यक्रिया सहितको निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

साझा गर्नुहोस्