बारामा गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाईबाट एक जना बिद्यार्थीको हात भाँचिएको छ ।
जिल्लाको कलैया नगरपालिका अन्तरगत बगवन स्थित निम्न माध्यमिक बिद्यालयमा पढाउँने शिक्षक रामबाबु मेहताले गृहकार्य नगरेको भन्दै लठ्ठीले कुट्दा उनको हाँत भाँचिएको हो । हाँत भाँचिनेमा कक्षा ८ मा अध्ययनरत बिद्यार्थी मुना बैठा रहेका छन् ।
गृहकार्य नगर्दा लठ्ठीले हाँतमा कुट्ने क्रममा गल्तीबस त्यस्तो घट्ना हुन गएको बिद्यालयका प्रधानध्यापक जीतेन्द्र प्रसाद कुश्वाहाले बताएका छन। लठ्ठी छल्ने क्रममा लागेर बिद्यार्थीको हात सुनिएको प्रअ कुशवाहाले बताए ।
बिद्यार्थीको हाँत भाँचिदा अभिभावकहरु आक्रोसित भएका थिए । बिद्यालयमा केही क्षण हो हल्लाको बाताबरण सिर्जना भएको थियो ।
कलैया उपमहानगरपालिकाको नगर प्रमुख बिनोद साह र प्रमुख प्रशासकिय अधिकृत नाथु साह गएर स्थितीलाई साम्य पारेका थिए ।
शिक्षक मेहताले बिद्यार्थीलाई कुट्ने क्रममा अनजानबस त्यस्तो घट्ना घट्न गएको भन्दै दुखी हुँदै माफी मागेका थिए ।
शिक्षक मेहताले अब देखि त्यस्तो गल्ती नदोहरयाउँने प्रतिबधता ब्यक्त गरेपछि स्थिती साम्य भएको थियो ।