भष्टाचार गर्दैन, भष्टाचार गर्नेलाई छोडदैनौ ‐ नगर प्रमुख साह

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 633
पढ्न लाग्ने समय : 2 मि.

कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले आफु भष्टाचार गर्देन र भष्टाचार गर्नेलाई कुनै हालतमा छोडदैनौ उदघोष गरेका छन ।

निर्वाचित भएर आएदेखि उपमहानगरपालिकालाई भष्टाचार मुतm बनाउनका लागि कुनै कसर बाकी नराखी अगाडी बढीरहेको बताए ।

मंगलवार आफनै कार्यकक्षमा नगरप्रमुख साहले पत्रकारहरुसंगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकामा पहिला जस्तो ढिल्ला सुस्ती नचल्ने बताए ।

पैसा कमाउनका लागि आफु निर्वाचित नभएको बताउदै जनताको सेवाका लागि यहाँ आएको स्मरण गराउदै नगरप्रमुख साहले दतचित भई काममा लाग्न सबै कर्मचारीहरुलाई आग्रह समेत गरेका थिए ।

शिक्षा, स्वास्थ्य, कृषि मेरा पहिलो प्राथमिकता रहेको प्रष्ट पार्दै नगरप्रमुख साहले कार्यालयमा रहेको बेथिती अन्त्य गर्ने दिशामा अग्रसर भई अगाडी बढीरहेको बताएका थिए ।

जेठ १२ गते शपथ लिएर २५ गते देखि नगरपालिकामा कामको शुरुवात गरेको बताउदै नगरमा सरसफाई गर्न,शिक्षाको बेतिथीलाई अन्त्य गर्नका लागि आफुले पहिलो बिद्यालयबाट छडके अनुगमनको कार्य थालनी गरेको प्रष्ट पारेका हुन ।

त्यति मात्र नभई मानमत मटिअर्वा सडकखण्डको मुअब्जा फ्रिज भएको रकम पहल गरि फिर्ता मगाउने काम गरेको सो अवश्रमा नगरप्रमुख साहले जानकारी गराए ।

भरतचोकमा सुलभ शौचालयको निर्माण गर्ने, बजारलाई व्यवस्थित गर्ने, टा्रफिक व्यवस्थापन गर्ने,नालामा जाम्ने गरेको पानीलाई व्यवस्थित गरि पानीको निकास निकाल्ने जस्ता महत्वपुणर् कामहरु गर्ने सोच रहेको उनले भने ।

निर्वाचित भएदेखि रकमको अभावमा आन्तरिक कुनैपनि काम गर्न नसकेको बताउदै नगरप्रमुख साहले म भन्दा पहिलाका नगरप्रमुखले गरेका अधुरा कामको करिब १५ करोड भुक्तानी कुनै पुर्वाग्राही नराखी गरेको प्रष्ट पारेका थिए ।

फरक प्रसंगमा नगरप्रमुख साहले पत्रकार र उपमहानगरपालिकाको नंग र मासुको सम्बन्ध स्थापित गर्न आफु चाहेको बताउदै हातेमालो गरेर अगाडी बढन सबैलाई आग्रह गरे । पत्रकारका कारण म बाचेको स्मरण गर्दै नगरप्रमुख साहले पत्रकारलाई सधै आदर गर्ने गरेको सुनाए ।

राम्र्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेख्नेका लागि पत्रकारहरु कोईकसैसंग डाउनु पर्देन नगरप्रमुख साहको तर्क रहेको थियो । जायज कदममा पत्रकारहरुको साथ मेरो सधैव रहने प्रतिवद्धता ब्यतm गर्दै पत्रकारहरुलाई पनि एकतावद्ध भई अगाडी बढन आग्रह गरेका थिए ।

आफुले गरेको कामहरु प्रत्येक ३ महिनामा पत्रकारहरुलाई बोलाएर समिक्षा गर्ने जानकारी दिदै आफुले कुनै काम गल्ती गरेको रहेछु भने सचेत गराईदिन पत्रकारहरुलाई आग्रह गरे ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।