रञ्जन यादब/
सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गत बालगंगा खोलाका लामो समयदेखि अलपत्र अवस्थामा रहेको बालगंगा नदीको पुल अब छिट्टै सञ्चालनमा आउने भएको छ ।
बारा क्षेत्र नम्बर ३ का संघीय सांसद रामबाबु प्रसाद यादवको सक्रियतामा उक्त पुल सञ्चालनमा ल्याउनका लागि काम भईरहेको छ ।
बर्षायाममा निकै सास्थी भोग्दै आएको सर्वसाधारणको सहजताको लागि सांसद यादव स्थानीय बासिन्दा, संघर्ष समिति, वडा, उपमहानगर सक्रियतामा पुल सञ्चालनमा आउने भएको हो ।
जीतपुरसिमरा उपमहानगर १२, १५ र १८ को सीमानामा पर्ने बालगंगा खोलाको पुल सखरा हाउजिङ कम्पनीको लापरबाहीका कारण अलपत्र परेको भन्दै स्थानीयले पुल निर्माणका लागि पटक पटक आग्रह समेत गरेका थिए ।
संघर्ष समिति नै बनाएर सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका थिए ।
वर्षाको समय र उद्योग कलकारखानामा काम गर्ने मजदुर तथा सर्वसाधारणलाई दैनिक आवात जावत गर्न कठिन भएको भन्दै साँसद रामबाबु यादव पुल सञ्चालनका लागि आफैँ सक्रिय भएर काम गराइरहेका छन् ।
साँसद यादवले आफ्नो प्रयासलाई स्थानीय वासिन्दा, संघर्ष समितिको टिम, स्थानीय राजनीतिक दलका नेताहरु, वडा अध्यक्षहरु, नगर तथा व्यवसायीहरुले साथ दिएकोमा धन्यबादसमेत व्यक्त गर्नुभएको छ ।