राम मण्डल
पर्सामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम अबदेखि सम्बन्धित पालिकाबाटै भर्न मिल्ने ब्यास्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साले सोमबार सुचना जारी गर्दै अबदेखि पालिकाबाट नै राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भर्ने ब्यावस्था गरिएको जनाएको छ । जिल्लामा रहेको १४ वटै पालिकामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भर्नको लागि कर्मचारी तथा उनीहरुको सम्पर्क नम्बर समेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा वीरगञ्ज महानगरमा दुई जना राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भर्ने ब्यक्तिलाई तोकिएको छ भने अन्य पालिकाहरुमा एक एक जना ब्यक्तिहरुलाई तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अबदेखि आफनै पालिकामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भरेर मात्रै जिल्ला प्रशासनमा बायोमेट्रिकको लागि जानुपर्ने जिल्ला प्रशासनले सुचनामार्फत जनाएको छ ।पछिल्लो समय सेवाग्राहीहरुको चाप बढेपछि जिल्ला प्रशासनले पालिकाबाट नै राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम चर्ने ब्यावस्था गरेको हो ।