जिल्लामै जीतपुरसिमरा उपमहानगरपालिको सबै भन्दा बढी बेरुजु ,करिब ५३ करोड बेरुजु

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 1.1k
पढ्न लाग्ने समय : 5 मि.

रञ्जन यादब

बारा जिल्लामा सबै भन्दा बढि बेरुजु जीतपुरसिमरा उपमहानगरपालिकाको देखिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको हो ।

उपमहानगरपालिकाले प्रतिस्पर्धाबाट गर्नुृपर्ने काम पनि उपभोक्ता समितीबाट गराएको महालेखापरीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुल पुँजीगत खर्चको ७६ प्रतिशत खर्च उपभोक्ता समिती बनाई खर्च गरिएको छ । आर्थिक बर्ष २०७७।०७८ को लागि उपमहानगरपालिका भित्रका पसाहा ,बालगंगा र दुधौरा खोलाको बोलपत्र न्युत्तम ७ करोड ६७ लाख ९४ हजारमा आहवान गरेकोमा सबैभन्दा बढी कबोल गर्ने जयमाता दी सप्लायर्सले रु १४ करोड ६७ लाख ७ हजार ९ सय ९१ रुपैयामा कबोल गरेकोमा बोलपत्र नसकारेका कारण दोस्रो बढी कबोल गर्ने बिनोद साह निर्माण सेवासँग १२ करोड ७६ लाख ७७ हजार ९ सय ९१ रुपैयामा सम्झौता गरेको थियो ।

हालसम्म पनि बिनोद साह निर्माण सेवासँग ३ करोड १२ लाख रुपैया उपमहानगरपालिकाले असुल गर्न सकेको छैन् । प्रथम बढी कबोल गर्ने जयमाता दी सप्लायर्सले बोल कबोल नसेकाकारण उसको बोलपत्र जमानत ७ लाख ४० हजार जफत गरी आम्दानी जनाएपनि सार्बजनिक खरिद ऐन तथा निमावलीमा उल्लेखित कुनै कारबाही गरेको छैन् ।

उपमहानगरपालिकालाई उक्त ठेक्कदार कम्पणीलाई कालो सुचिमा सुचिकृत गर्न सम्बन्धित निकायमा पठाउँनुपर्नेमा कार्यालयले कालो सुचीमा राख्न कार्बाही नचालेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

२०७७ चैत्र मसान्त भित्र दाखिला गर्नुपर्ने रकमकोलागि एनसिसि बैँकबाट जारी भएको रु ४ लाख २७ हजार बैक जमानत २०७८ साल जेठ ४ गते सम्म भएकोमा जमानत म्याद गुज्रेपछि दाबी गरेका कारण देखाउँदै बैकले जमानत रकम फिर्ता गर्न अस्वीकार गरेको छ ।

महालेखापरीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदन अनुसार जीतपुरसिमरा उप महानगरपालिका कार्यालयको २०७८ असार ३१ गतेसम्म समाप्त आर्थिक कारोबारको लेखापरीक्षण गर्दा एक आर्थिक वर्षमा मात्र २४ करोड ६ लाख ६ हजार बेरुजू रकम ठहर भएको छ ।

प्राप्त प्रतिक्रियाबाट ६८ हजार फस्यौँट गरेको छ भने १३ करोड ३९ लाख ९४ हजार असुल उपर गर्नुपर्ने देखाएको छ । त्यस्तै रु ७ करोड ५ लाख कारोबारको प्रमाण कागजात पेश गर्नुपर्ने देखिन्छ ।नियमित गर्नुपर्ने रु १ करोड २५ लाख २९ हजार देखिन्छ भने पेस्की बेरुजु रु २ करोड ३५ लाख १५ हजार देखिन्छ ।

आर्थिक बर्ष २०७६।०७७ मा रु ३६ करोड ९ लाख बेरुजु थियो । उपमहानगरपालिकाले २ करोड ९१ लाख ६७ हजार ५ सय ५८ रुपैया दरबन्दीबिनाको कर्मचारी नियुक्त गरेर खर्च गरेको छ ।

बेरुजू रकम प्रतिवर्ष थपिँदै जानु उपमहानगरको लागि पछि अहित हुने सङ्केत देखिएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि बेरुजू रकम फर्छ्योट गर्नु अहिले चुनौतीको विषय भएको छ ।

कर्मचारीहरूले प्रलोभनमा तथा नेताहरूको दबाबमा परी जथाभाबी रकम निकास गरेपछि बेरुजू रकम बढ्दै गएको उपमहानगर स्रोतले जनाएको छ ।महँगो सामान खरिद गरेको तर जिन्सी खातामा उल्लेख समेत नगरी सो सामान कसले प्रयोगमा ल्याइरहेको भन्ने यकिन नभएपछि सामान खरिद बराबरको रकम बेरुजू भएको देखिन्छ ।

त्यस्तै, सामान खरिद नगरी भुक्तानी मात्र दिएको देखिएपछि सो रकम बेरुजू भएको हो । यसैगरी, कोभिडको समयमा जथाभाबी भत्ता रकम भुक्तानी दिएकोले पनि बेरुजू रकम बढेको प्रतिवेदनमा उल्लेख छ ।

कलैया उपमहानगरपालिकाको बेरुजु १२ करोड ५६ लाख ५६ हजार ,पचरौता नगरपालिकाको बेरुजु ५ करोड ८ लाख ८४ हजार ,निजगढ नगरपालिकाको बेरुजु २३ करोड ६४ लाख ४३ हजार ,सिम्रौनगढ नगरपालिकाको १२ करोड १५ लाख ९२ हजार ,महागढीमाई नगरपालिकाको बेरुजु १० करोड ३८ लाख ५ हजार र कोल्हबी नगरपालिकाको बेरुजु ११ करोड ८६ लाख ५४ हजार रहेको छ ।

त्यस्तै सुवणर् गाउँपालिकाको बेरुजु रकम २ करोड ८७ लाख ३३ हजार ,प्रसौनी गाउँपालिकाको बेरुजु रकम ५ करोड ११ लाख ३५ हजार ,फेटा गाउँपालिकाको ७ करोड ३८ लाख ७१ हजार ,परवानीपुर गाउँपालिकाको बेरुजु रकम १ करोड ७१ लाख ९६ हजार ,करैयामाई गाउँपालिकाको बेरुजु रकम ५ करोड ७४ लाख ४ हजार ,देवताल गाउँपालिकाको बेरुजु रकम ३ करोड ५५ लाख ४५ हजार ,बिश्रामपुर गाउँपालिकाको बेरुजु रकम ३ करोड १५ लाख १९ हजार ,बारागढी गाउँपालिकाको बेरुजु २ करोड ७५ लाख ६ हजार र आदर्श कोट्वाल गाउँपालिकाको बेरुजु रकम २ करोड ५३ लाख ९२ हजार रहेको छ ।

बारा जिल्लामा दुई वटा उपमहानगरपालिका ,पाँच वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेका छन्।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।