मधेस प्रदेशको आठ वटै जिल्लामा सवारी दुर्घटनामा वृद्धि

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादव/
मधेस प्रदेशको आठ वटै जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा मधेस प्रदेशका ८ जिल्लामा एक हजार ३४० सवारी दुर्घटनामा ४२० जनाको मृत्यु भएको छ भने ०७७/७८ मा तीन हजार ९८३ सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय ,पथलैयाले जनाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा परी ५८५ जनाले ज्यान गुमाउन बाध्य भएका छन् ।

यो संख्या आर्थिक वर्ष ०७७/७८ को सवारी दुर्घटनामा भन्दा ४३.३८ प्रतिशतले बढी हो भने मानिसको मृत्युमा यो पल्ट ११.८५ प्रतिशतले बढी आएको हो ।

मानिसमा जनचेतना भएको तर कानुन कार्यन्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको संख्यामा वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताउँनुभयो ।

मधेश प्रदेशमा प्रत्येक आर्थिक वर्षमा करिब ५ सय जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेश पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही र तीव्र गति रहेको जानकारी दिएको छ । ट्राफिक नियमको पालना नगरी असावधानीपूर्वक सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरी उपरिक्षक गुरुङले बताउँनुभयो ।

यसरी सवारी दुर्घटना न्यूनिकरण गर्न मातहतका आठवटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन निर्देशन दिएको उहाँले बताएका छन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *