बारामा एक लाख बराबरको पटका प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
206 पाठक संख्या
सांकेतिक तस्वीर

कलैया : बारा प्रहरीले एक लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी मटिअर्वा, बाराबाट प्रहरी बरिष्ट नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सो सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएका छन्।

बाराको कलैया उप–महानगरपालिका वडा नं.१० मटिअर्वा स्कुल स्थित नम्बर नखुलेको मोटरसाईकल भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पटका प्रहरीले बरामद गरेको हो।

प्रहरी टोलीलाई देखी फाली मोटरसाईकल लिई मानिस फरार रहेकोले उक्त पटका बारामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिएका छन्।

साझा गर्नुहोस्