आर्दश कोतवालको ३९ करोड ७७ लाख १ हजारको बजेट प्रस्तुत

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

सिकेन्द्र पासवान

बाराको आर्दश कोतवाल गाँउपालिकामा ९औ गाँउसभा सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७९/८० कालागिरु ३९ करोड ७७ लाख १ हजारको निती तथा कार्यक्रम गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले प्रस्तुत गरेका थिए ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि, सिचाई, सुलभ खानेपानी, बिजुली जडान,भौतिक पुर्वाधर निर्माण, पर्यटन प्रवद्र्धन लगायतका कामलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष साहले भने ।

एक घर एक बिरुवा प्रदान, छात्राहरुका लागि सेनेटरी प्याडको निशुल्क बितरण, ठुला रोग लागेका ब्यतिmहरुलाई उपचारमा सहयोगमा गर्ने जस्ता महत्वपुर्ण कामहरु निती तथा कार्यक्रममा समेटिएको गाँउपालिकाका अध्यक्ष साहले बताए ।

गाउपालिकामा ल्याव संचालन गरि निशुल्क परिक्षण गर्ने, स्यवम सेवीकाहरुलाई थप सेवा सुबिधा प्रदान गर्ने, वृद्धभता लिन बैक सम्म जाननसक्नेहरुलाई बैकमा ल्याउने र घर सम्म पुगाईदिने पालिकाबाट तर्फबाट हुने निती तथा कार्यक्रममा समेटिएको गाँउपालिकाका उपाध्यक्ष मिरा देवीयादवले बताई ।

योजना शाखा प्रमुख सुनिल थापाले संचालन गरेको सो गाँउ सभामा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहले स्वागत गरेका थिए ।

गाँउसभाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवले नेपाली काँग्रेस बिना मुलुकको समृद्धि हुन नसक्ने बताए ।

नेकपा एमालेको खोक्रो राष्टवादले मुलुकको हबिगतनिकै नै दैनिय र जजर भईसकेको बताउदै उपसभापति यादवले तराई मधेसमा रहेका मधेसी दलहरु जहिले पनि सता र शतिmका लागि मात्र राजनीतिक गरेको आरोप लगाए ।

वडाअध्यक्षहरु हरिनारायण कुसवाहा, सुनिल कुसवाहा, रुपेश नारायण सिंह, रामराजा बहुमुखी क्याम्पसका प्रमुख रबिभुषण कुशवाहा लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *