राम मण्डल/
बन्द अवस्थामा रहेका सरकारी उद्योग पुर्नसञ्चालन गर्ने गृहकार्य सरकारले गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।
नेपाल प्रेस युनियन पर्साको दसौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले बन्द अवस्थामा रहेका सरकारी उद्योगहरु पुर्न सञ्चालनमा ल्याउन सरकार लागि परेको जानकारी गराए ।
उनले भने, ‘बन्द रहेको सरकारी उद्योगहरु फेरी चलाउनका लागि सरकारले गृहकार्य गरिरहेको छ ।
कुन मोडलमा चलाउने बारेमा छलफल चलिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण बारे बोल्दै मन्त्री रिजालले भने ‘नेकपा एमाले कै सरकारका पालादेखि भ्रष्टाचार प्रकरण सुरु भयो ।
राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए ? टोपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए ? यो सबैलाई थाहा छ ।’
मन्त्री रिजालले भने भुटानी शरणार्थी प्रकरणमा रहेका दोषीलाई सरकारले नछाडने पनि बताए ।
मन्त्री रिजालले सरकार आर्थिक मन्दि कम गर्दै उधोगलाई अघि बढाउनेतर्फ लागेको बताए । उनले उधोग ब्यावसायलाई चलाउन सहज बाताबरणको सिर्जना कसरी गर्ने भन्ने बारेमा सरकार गम्भिर रहेकोले छिटै आर्थिक मन्दि कम भएर जाने दाबी गरे ।
उनले देशमा बन्द अवस्थामा रहेका उधोग धन्दाहरुलाई फेरि चलाउने बारेमा पनि सरकारले काम अघि बढाउन चाहेको जानकारी दिदै बन्द रहेको सबै उधोगहरुलाई चलाृने बाताबरण आफु स्वयम लागेको बताए ।
प्रेस युनियन पर्साका जिल्ला अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले निर्बाचन प्रणलीका कारण कुनै दलको बहुमत आउन नसकेको बताए ।उनले बर्तमान निर्बाचन प्रणालीका कारणले देशमा एउटा दलको बहुमत आउनै नसक्ने भएकाले निर्बाचन प्रणालीलाई नै बदल्नुुपर्ने कुरामा जोड दिए । उनले पत्रकारहरुले सही र समाजको हितमा रहेर आफनो कलम चलाउनु पर्ने बताए ।
अधिवेशनको उद्घाटन समारोहलाई प्रदेशसभा सदस्य श्याम पटेल, संविधान सभा सदस्य शोभाकार पराजुली,कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी केन्द्रिय सदस्य गणेशराज रिजाल, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम लगायतले सम्बोधन गरेका थिए ।