तानाशायी प्रवृति अन्त्यका लागि गठबन्धन – मेयरका उम्मेदवार यादव

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

सिकेन्द्र पासवान /
नेपाली काँग्रेसका जिल्ला सभापति एवम पाँच दलिय गठबन्धनका तर्फबाट कलैया उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार राजेश राय यादवले तानाशायी प्रवृतिलाई अन्त्य गर्नका लागि गठबन्धनको आवश्यकता भएको कुरामा जोड दिएका छन ।

कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्तपुरमा गठबन्धनको चुनावी सभालाई आईतवार सम्बोधन गर्दै मेयरका उम्मेदवार यादवले लोकतन्त्रलाई मजबुत गर्न, बिधीको शासन कायम गराउन,भष्टाचारलाई नियन्त्रण गर्नका लागि नेपाली काँग्रेस लागी परेको बताउदै नगरमा सुलभ शिक्षा, स्वच्छ खानेपानीको व्यवस्था, बाटोघाटो, स्मार्ट सिटी खेलकुट मैदान, ठाँउ ठाँउमा पार्क, पुल पुलेसा, मठ मस्जिद, निर्माण, हरिया भरिया उपमहानगर बनाउनका लागि बृहत योजना सहित वृक्षारोपन लगायतका काममा अग्रसर भई अगाडी बढने प्रतिवद्धता ब्यतm गरेका थिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभाका सदस्य एवम गठबन्धनका तर्फबाट जसपाका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले झुटको खेती गर्ने ओलीतन्त्रको अन्त नभए सम्म मुलुकमा दिगो शान्ति, सुशासन, कायम नहुने बताउदै उपप्रमुख गुप्ताले प्रतिगमनलाई परास्त गर्नका लागि पनि गठबन्धनलाई जिताउन सबैलाई आग्रह समेत गरे ।

लोकतान्त्रिक मुल्य मान्यता समेतलाई खिल्ली उडाउदै केपी आलीको सरकारले राज्यलाई बिनास तर्फ धकल्ने काममा मात्रमा लागी परेका कारण मुलुकको अवस्था दिनानु दिन कमजोर हुदै गएको स्मरण गराए ।

चुनावी सभामा पुर्व सहायक मन्त्री कलावती पासवान, मधेस प्रदेशका प्रदेश साँसद पारस साह, नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिकाका अध्यक्ष मुकेश साह, जसपाका अध्यक्ष शिवनाथ पटेल, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति रामप्रवेश यादव, काँग्रेस नेता तेजनारायण साह, लगायतका हजारौ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *