रञ्जन यादब/
नेकपा एमाले निकट राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालका जिल्ला अध्यक्ष गोबिन्द दंगाल र उपाध्यक्ष सहितको टोलि माओवादी केन्द्र निकट अपाङ्गता सङ्गठनमा प्रबेश गरेको छ ।
अपाङ्गता सङ्गठन नेपाल मधेश प्रदेशले सिमरामा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष गोबिन्द दंगाल र उपाध्यक्ष सहितको टोलि अपाङ्गता सङ्गठनमा प्रबेश गरेको सङ्गठनको कन्द्रिय उपाध्यक्ष धन प्रसाद बजगाँईले जानकारी दिनुुभयो ।
नवप्रबेशीहरुलाई राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालका केन्द्रिय अध्यक्ष टिकाराम पराजुुलीले अबिर टिका लगाई राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालमा प्रबेश गराएका हुुन् ।
केन्द्रिय अध्यक्ष पराजुुलीले नव प्रबेशीहरुलाई सङ्गठनमा योग्यता अनुुसारको जिम्मेवारी दिने जानकारी दिनुुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुुहुुँदै केन्द्रिय अध्यक्ष पराजुुलीले अपाङ्गता भएका ब्यक्तिहरुको पिर ,मर्का माओवादी केन्द्रबाहेक अरु कुुनै पाटीले बुुझन नसकेको बताउँनुुभयो ।
माओवादी केन्द्र र अरु पाटीको सङ्गठनले अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा धेरै भिन्नता रहेको बताउँनुुभयो । अपाङ्गता क्षेत्रमा अहिलेसम्म जति उपलब्धिहरु हासिल भएका छन् ,ती सबै माओवादी केन्द्रको देन भएको दाबी गर्नुुभयो ।
त्यस्तै कार्यक्रममा बोल्नुुहुुँदै माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार समिती सदस्य उद्धब पोख्रेलले माओवादीले गरेको जनयुुद्धमा हजारौँ मानिसहरु अङ्गभई अपाङ्ग भएको कारण ,त्यसको पिर मर्का माओवादी केन्द्रले राम्रोसँग बुुझेको बताउँनुुभयो ।
अपाङ्गता हुुनुुको पिडा अरुको उपलब्धीबाट रजाई गर्ने पाटीहरुलाई थाहा नभएको जिकीर गर्नुुभयो ।
कार्यक्रममा बोल्नुु हुुँदै राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालका केन्द्रिय महासचिव ओम पुुनले देशमा अपाङ्गताको सङ्गठन निर्माण गरी पाटीहरुलाई अपाङ्गता भएका ब्यक्तिहरुको हक ,हितमा कार्य गर्न दबाब सिर्जना गर्ने सङ्गठन माओवादी केन्द्रले निर्माण गरेकाले सबै यसमा समाहित हुुनुुपर्नेमा जोड दिनुुभयो ।
उहाँले सङ्गठनका सदस्यहरुलाई हरेक क्षेत्रबाट प्रतिगमनको बिरोध गर्न आहवान गर्नुुभयो । कार्यक्रममा एकिकृत शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य राजुु अधिकारी ,नेकपा माओवादी केन्द्रका नेता भरत भण्डारी ,प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार समिती सदस्य गम्भिरा सहनी लगायतको सहभागिता रहेको थियो ।
मधेशप्रदेस अध्यक्ष भोला साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेस ईन्चार्ज धन प्रसाद बजगाँईले गर्नुुभएको थियो । स्थानीय समाजसेवी मनोज पुुरीले राष्ट्रिय अपाङ्गता सङ्गठन नेपाल बारालाई रु २५ हजारको चेक प्रदान गर्नुुभएको थियो ।