शिक्षक संगठन कलैया उपमहानगरपालिकाको अध्यक्षमा तिवारी चयन

गढीमाईखवर डट कम
105 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

नेपाल राष्ट्रिय शिक्षक संगठन बाराको कलैया उपमहानगरपालिकाको अध्यक्षमा अजय कुमार तिवारी चयन भएका छन ।

संगठनका जिल्ला संयोजक सुरेन्द्र पासवानको अध्यक्षता एवम नेकपा एमालेका सचिव अध्यानन्द पाण्डेयको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले उपाअध्यक्षमा बैजु पटेल,सचिवमा रामनाथ महतो, कोषअध्यक्षमा रामायण महतो,सह कोषाअध्यक्षमा उषा कुमारी पटेल सर्वसहमतिबाट चयन भएका छन ।

त्यसैगरि सदस्यहरुमा रामनाथ महतो, रामदेयाल साह, राकेश चौधरी, सिघासनि कुसवाहा, रमिनद्र सहनी लगायत २१ सदस्यी नगर समिति चयन भएको हो ।

सो अवश्रमा नेकपा एमालेका मधेस प्रदेश समिति सदस्य अशोक तिवारी, शिक्षक संगठनका नेताहरु ऋनिल मैनाली, रामलखन प्रजापति, यादव तिमिल्सीना, जयराम पटेल लगायतको सहभागिता रहेको थियो ।

 

साझा गर्नुहोस्