कलैया स्थित रहेको जिल्ला समन्वय समितिको कार्यालय परिसरमा नया ब्यापारिक भवनको एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ ।
दुई तल्ले सहित २० कोठे पक्की भवनको समन्वय समितिका प्रमुख नवलकिशोर सिँह र उपप्रमुख पवन ब्याहुतले संयुक्त रुपमा शनिवार शिलन्यास गरेका हुन ।
कुल ६१ लाख ९३ हजार ३ सय १६ रुपैया २० पैसाको लगातमा सो भवन निर्माण हुने भएको छ । भवनको निर्माणका सबै काम एसडी कन्ट्रक्सन जनकपुरधामले लिएको छ ।
शिलन्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले भवन निर्माणबाट जिल्ला समन्वय समितिलाई मात्र फाईदा नभई सरकारलाई समेत फाईदा हुने बताएका छन ।
सो कार्यक्रममा उपप्रमुख पवन कुमार ब्याहुत, सदस्यहरु चन्देश्वर यादव, बिन्देशवरी ठाकुर लोहार, वडा नम्बर ४ का वडाअध्यक्ष जटाशंकर सहनी, सदस्य शम्भु गुप्ता, लोसपा नेता जयप्रकाश साह लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।
शिलन्यास कार्यक्रममा बुद्धिजिवी,समाजसेवी र कर्मचारीहरुको सहभागितामा रहेकोे थियो ।