जबराकै कारण कानुन व्यवसायी र न्यायाधीशहरुले उनको राजीना मागे- महतो

गढिमाइ खबर
92 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

राम मण्डल /
लोकतान्त्रिक समाजबादी पार्टी(लोसपा)का नेता राजेन्द्र महतोले न्यायालय सेटिङमा चलिरहेको र त्यसको प्रमुख जिम्मेवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नै भएको बताएका छन ।

वीरगञ्जमा मंगलवार पत्रकारहरुसंग कुरा गर्दै महतोले प्रधानन्यायाधिश जबराले सेटिङमै फैसला गर्दै आएका कारण नै कानुन व्यवसायी र न्यायाधीशहरुले उनको राजीनामा मागेको बताए ।

उनले जुन देशमा न्यायलयप्रति जनताको बिश्वास उठ्छ त्यो देश असफल हुने बताएका हुन ।

अहिले नेपालमा पनि दुर्भाग्यबस त्यस्तै अवस्था देखिएको बताए ।

प्रधान न्यायधिश चोलेन्द्र शमशेर जबरामाथि बारका वकिलहरुले मात्रै नभई अदालतका न्यायाधिशहरुलेसमेत प्रश्न उठाउदै आन्दोलनमा उत्रिएको नेता महतोको भनाई छ ।

वकिल र न्यायधिशहरुले आफनै संस्थाका प्रमुख माथि गम्भिर आरोप लगाई सकेपछि त्यसको निकास ननिस्कनु तथा लामो समयमसम्म जनता न्यायबाट बञ्चित हुनु दुर्भागय भएको महतोको कथन थियो ।
उनले अहिलेको वकिलहरुको आन्दोलनका कारण अदालत नचलेकोले जनता न्यायबाट बञ्चित भएको बताउदै यस्तो अवस्थालाई अन्त्य गरि जनतालाई न्याय दिन आग्रह समेत गरेका छन ।

‘अदालत चलेको छैन जनताले न्याय पाएको छैन यसको जिम्मा प्रधानन्यायाधिशले लिनुपर्छ,उनले भने देश र जनताको हितलाई ध्यानमा राख्दै न्यायलयको गरिमालाई बचाउन प्रधानन्यायाधीशले अबिलम्ब निकास दिन आग्रह गरेका छन

फरक प्रसंगमा प्रदेश २ को राजधानी लामो समयसम्म नतोकिएको बिषयमा पत्रकारहरुको जिज्ञासामा नेता महतोले जनकपुर वा वीरगञ्ज मध्ये कुनैलाई पनि राजधानी बनाउदा अन्यथा भन्न नमिल्ने जिकिर गरे । मधेसको पार्टीलाई कमजोर पार्न काम उपेन्द्र यादवले गरेको महतोले आरोप लगाएका थिए ।

उनले अनुहार एक जस्तै हुदैमा सबै जना मधेसको लागि बफादार नहुने भन्दै मधेसका जनताले अब सच्चा मधेसी नेताहरुलाई चिन्नुपर्ने बेला आएको महतोले बताए ।

मधेसी, दलित, सिमान्तकृत समुदायको अधिकार र पहिचानको लडाइँ अहिले पनि आफूले लडिरहेको भन्दै अबको आन्दोलन भने सिंहदरबार केन्द्रित हुने नेता महतोले चेतावनी समेत दिएका छन ।

साझा गर्नुहोस्