ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

गढिमाइ खबर
89 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

पथलैया– वीरंगज सडक खण्ड अन्र्तगत गण्डक चोकमाशनिबार दिउँसो ट्रकको ठक्करबाट एक पदलयात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्कबरबाट बाराको कलैयाउपमहानगरपालिका–१ शान्ति टोल बस्ने ५० बर्षिय अनिल सुबेदीको मृत्यु भएको हो ।

ना ६ ख ४९७१ नम्बरको ट्रकले पैदल हिडिरहेको सुबेदीलाई ठक्कर दिदाउनीगम्भिर घाइते भएकाथिए ।

उनको नारायणी बयोद्धा अस्पतालमाउपचारको क्रममादिउँसो पौने चारबजे ज्यानगएको बाराकाप्रहरी प्रबक्ताएवम् प्रहरी नायबउपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकपर्साको वीरगञ्जमहानगरपालिका–१५ भिस्वा बस्ने भोला राउतकम्करलाई प्रहरीले नियन्त्रणमा लिएको प्रबक्तामिश्रले बताए ।

साझा गर्नुहोस्