आदर्श कोतवाल गाउँपालिकामा अनुपस्थित प्रशासकीय अधिकृत चौरसियाको हस्ताक्षर प्रयोग

गढिमाइ खबर
172 पाठक संख्या

कलैया : बाराको आदर्श कोतवाल गाउँपालिकाका प्रशासकीय अधिकृत बिजयप्रसाद चौरसियाले एक नमिल्ने काम गरेको खुलासा भएको छ। विभिन्न करारसेवा पदमा पदपूर्ति सम्बन्धी निकालिएको सूचनामा उनी कार्यालयमा अनुपस्थित रहेपनी उनको हस्ताक्षर सहितको सूचना सुचना पार्टिमा टाँस भएको पाइएको छ।

कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुनु , कर्मचारी उपस्थिति नहुनुले सेवा प्रवाहमा धेरै असर परेको एक स्थानीयले बताएका छन् । स्वयम् प्रशासकीय अधिकृत चौरसिया कार्यालयमा दुई बजेपछि मात्र हाजिर हुने तथा सम्पर्कविहीन हुने गतिविधिले गाउँपालिकाको सेवा प्रवाह ,बिकास निर्माणकार्य ,सेवाग्राहीले पाउनु पर्ने सुबिधा पाउन नसकेको स्थानीयको भनाईरहेको छ।

गाउँपालिकामा प्राविधिक, आईटी शाखा प्रमुख बाहेक सम्पूर्ण शाखा प्रमुखको कर्मचारी बिहिवार कार्यालयमा नभेटिएको पाइएको छ। अंग्रेजी नयाँ वर्ष २०२६ मा नेपाल सरकारले बिदा दिएको थिएन। र स्थानीय पालिकामा कर्मचारीहरु कार्यालयमा भेटिएनन्। प्रशासन शाखा प्रमुख रमेश साह अनुपस्थित रहेका थिए।

यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत बिजय चौरसियासंग मोबाइलमा ९८५५०४८८३९ सम्पर्क गर्दा उनीसंग सम्पर्क भएन ।

साझा गर्नुहोस्