कलैया : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवामा कार्यरत एउटै घरका चार छोरीलाई आइतबार सम्मान गरेकी छिन्।
मदन भण्डारी फाउन्डेसन बारा जिल्ला कमिटीले बाराको कलैयास्थित दरबार होटेलको सभा हलमा उनीहरुलाई भण्डारीले सम्मान गरेकी हुन्।
मदन भण्डारी फाउन्डेशन बारा जिल्ला कमिटीले आयोजना गरेको मदन भण्डारीको ७५ औं जमजयन्तिको अवसरमा पूर्व राष्ट्रपति भण्डारीले एउटै घरका चार छोरीलाई प्रसंशा पत्र सहित सम्मान गरेकी हुन् ।
उनीहरूको मेहनत र उपलब्धिलाई कदर गरिएको हो। बाराको देवताल गाउँपालिका–३ निवासी शम्भुप्रसाद यादवको चार छोरीलाई सम्मान गरिएको हो।
यादवको छोरी पूजा यादव स्थानीय तह अधिकृत (छैटौँ तह)मा कविता र पल्लवी यादव संघीय खरिदार पदमा तथा गुन्जा यादव प्राथमिक तहकी शिक्षिका पदमा कार्यरत रहेकी छन्।









