कटुवा पेस्तोल र गोली सहित वीरेन्द्र यादव पक्राउ

गढिमाइ खबर
285 पाठक संख्या

कलैया : पर्सा प्रहरीले कटुवा पेस्तोल र गोली सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.६ महुवन र एकडर्वा गाउँको चौर स्थितमा सोही ठाउँमा वस्ने ६० वर्षीय वीरेन्द्र यादव र निजकै सहोदर भाई ५५ वर्षीय सिकिन्द्र यादवबीच गहु काट्ने विषयलाई लिएर एक–आपसमा हातपात तथा झै–झगडा भैरहेको थियो।

सो को सूचना प्राप्त हुना साथ यस कार्यालय मातहत प्रहरी महुवन पर्साबाट खटिएको प्रहरी टोलीले झगडा छुट्याउन जाँदा वर्ष ६० को वीरेन्द्र यादवले लगाएको निलोमा रातो धर्का भएको ट्रयाक पाइन्टभित्र संकास्पद बस्तु रहेको शंका लागि जाँच गरेको हो।

निजको शरीर खानतलासी गर्दा निजले कम्मरमा बाँधिएको कालो रंगको बेल्टमा दाहिने पट्टी भिरेको फलामले बनेको कटुवा पेस्तोल थान–१ प्रहरीले बरामद गरेको हो।

प्रहरीले सोही पेस्तोलमा बिएमएम केएफ ०० लेखिएको गोली राउण्ड–१ ( एक) लोड रहेको तथा बिएमएम केएफ ०० लेखिएको गोली तीन राउण्ड–लुकाइ छिपाइ राखिएको अवस्थामा फेला पारेको हो।

पेस्तोल थान–एक,बिएमएम केएफ ०० लेखिएको गोली राउण्ड–४ र फलामको गोली राख्ने चाचर थान–१ बरामद गरेको छ। प्रहरीले वीरेन्द्र यादवलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।

पर्सा जिल्ला अदालतबाट दिन–५ ( पाँच ) म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रनाऊ लम्सालले जानकारी दिए।

साझा गर्नुहोस्