कलैया : बाराको कलैयास्थित व्लड बैंकमा रगतको अभाव भएपछि विश्व रक्तदाता दिवस र हस्पिटलको पहिलो वार्षिकोत्सबको अवसरमा रक्तदान भएको छ।
बाराको कलैया उपमहानगरपालिका–६ अस्पताल रोडमा रहेको कलैया हस्पिटल प्रा.लि.द्वारा शनिबार भएको रक्तदानमा दुई महिला सहित २७ जनाले रक्तदान गरेका हुन्।
रक्तदान गरौं,जीवनदान गरौं भन्ने मूल नाराका साथ भएको उक्त कार्यक्रम हस्पिटलका संचालक डाक्टर काशीलाल केशरीको अध्यक्षतामा भएको हो। कार्यक्रमको प्रमुख अतिथि एवम् बारा क्षेत्र नम्बर ३ ख का पुर्व प्रदेश सभा सदस्य पारसप्रसाद साहले ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन्।
सो कार्यक्रममा रक्तदाता महिलामा संगीताकुमारी साह एवम् श्रृष्टीकुमारी साह रहेको कलैया ब्लड बैंकका कर्मचारी कृष्ण यादवले जनाए।
रक्तदान गर्नेमा डाक्टर बनारसीलाल केशरी,दरोगाप्रसाद साह कानु,श्यामबाबु महतो रहेका छन्। उक्त कार्यक्रममा सूर्यकुमार यादव,अमित कुमार,रहिस अन्सारी,रोहित यादव,रामएकबाल यादव,शशी दास,उनेश शर्मा,शिवकुमार साह,भिखारीसाह सोनार,अनिलकुमार यादव, मुना गुप्ता,रनबीर चौधरी, इन्द्रजित चौधरीले रक्तदान गरेका हुन्। उक्त कार्यक्रममा पर्वत कुमार यादव,प्रभु यादव,कृष्णकुमार यादव,रमिज राजा,डाक्टर कासीलाल केशरी,नमन चौगाइ,सिनोद गुप्ता,बिकास पोडर र राजेश साहले रक्तदान गरेका छन् ।
कार्यक्रम स्थलको ब्यानरमा Be a Hero, Give Blood भन्ने प्रेरणादायी सन्देश उल्लेख गरिएको थियो।
प्रादेशिक अस्पतालको परिसरमा रहेको कलैया ब्लड बैंकमा रगतको चरम अभाव भएको समाचार सुनेपछि सहयोगको भावनाले उक्त रक्तदान कार्यक्रम गरिएको संचालक डाक्टर काशीलाल केशरीले साझेदारी दैनिकलाई बताए। उनले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन्।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य शशी दास,सुजित पाण्डे,हस्पिटलका डाक्टर,कर्मचारी,कुरुवाहरु लगायतको उपस्थिति थियो।