बारामा दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा २० लाख भन्दा बढीको क्षति

गढिमाइ खबर
75 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : बारामा बिहीबार विहान दुई छुट्टा छुट्टै स्थानमा भएको आगलागीमा २० लाख भन्दा बढीको क्षति भएको छ।

बाराको बारागढीस्थित एक कुखुरा फर्ममा चटङ्गयाङ्ग लागि भएको आगलागीमा २० लाख भन्दा बढीको क्षति भएको अस्थायी प्रहरी चौकी लङ्गडा चौकले जनाएको छ।

आगलागीमा परी बारागढी गाउँपालिका – ४ सुखीपथरा बस्ने हरिन्द्र प्रसाद कामिको बास पराल र टिनले बनेको कुखुरा फर्ममा आगलागी भएको हो।

सो आगलागीमा परी कामीको २० लाख भन्दा बढीको क्षति भएको हो। अस्थायी प्रहरी पोष्ट लंगडा चोक बारामा खबर प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी हवल्दार दिनेश साह कानुको कमाण्डमा टोली खटी गएको थियो।

उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा विहान सात बजे पूर्ण रुपमा नियन्त्रणमा आएको हो। उक्त आगलागिबाट अन्दाजी दुई हजार तयारी कुखुरा,कुखुराको दाना र कुखुरा फर्म गरी अन्दाजी बिस लाख रुपैयाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट लङ्गडाले जनाएको छ।

यसैगरी बारा करैयामाई गाउँपालिका- ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागि आगलागि भएको छ।

सो आगलागीमा परी घर र मिटर जलि पूर्ण रुपमा जलि नष्ट भएको प्रहरी चौकी गंजभवानीपुरले जानकारी दिएको छ। उक्त स्थानमा प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गएको थियो ।

उक्त आगलागि बाट घर र मिटर गरी १० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

साझा गर्नुहोस्