बारामा ब्राउन सुगरसहित एक युवक पक्राउ

गढिमाइ खबर
260 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा । बाराको फेटा गाउँपालिका–१ भलुहीस्थित सडकखण्डमा प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले कलैया बजारबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका एक युवकलाई शंका लागि रोकेर खानतलासी गर्दा बुधवार साँझ लागु औषध सहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१, घोडासाहन निवासी मोबारक मियाका २२ वर्षीय छोरा अजमुल हक अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

खानतलासीको क्रममा अंसारीको साथबाट दुईवटा प्लाष्टिकको पुरिया बरामद गरिएको थियो। एउटा कालो प्लाष्टिकभित्र सेतो रंगको सानो प्लाष्टिकमा ब्राउन सुगर करिब ६०० मिलिग्राम र अर्को सेतो प्लाष्टिकभित्र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम फेला परेको उनले बताए ।

पक्राउ परेका अंसारीलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ। प्रहरीले लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान जारी रहेको प्रवक्ता पण्डितले बताए ।

साझा गर्नुहोस्