बारा-३ का नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण

गढीमाईखवर डट कम
121 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ । आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाराको सभाहलमा नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा एमालेले जितेको छ । निर्वाचन क्षेत्र ३ प्रतिनिधिसभा सदस्यमा ज्वालाकुमारी साह र प्रदेश सभा सदस्य ३ ( क) मा रबिन्द्र दास श्रेष्ठ र ३(ख) मा महम्मद समिर निर्वाचित भएका हुन् ।

नवनिर्वाचित तिनैजनालाई बारा-३ का मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र वितरणमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल , जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायतको उपस्थिति रहेकोे थियो ।

साझा गर्नुहोस्