लाखौको भन्सार छलीका केराउ बरामद

गढिमाइ खबर
68 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नमबर १३ बलिरामपुर बाट लाखौ रुपैयाँको भन्सार छलीका केराउ बरामद गरेको छ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा बाट खटिृएको प्रहरी टोलीले चार लाख ४४ हजार बराबरको केराउ बरामद गरेको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

बरामद गरिएको उक्त केराउ १८५ बोरा रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको केराउलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्