सेतो हेरोइन जस्तो देखिने पाउडर सहित एक जना पक्राउ

गढिमाइ खबर
274 पाठक संख्या

कलैया :बारा प्रहरीले सेतो हेरोइन जस्तो देखिने पाउडर सहित एक जना मानिसलाई पक्राउ गरेको छ।

बाराको पचरौता नगरपालिका वडा नम्बर ४ ईनर्वाटोलस्थित पोखरीको डिलमा बनाएको छाप्रो बाट मानिस सहित सो पदार्थ बरामद गरेको छ।

लागू औषध बिक्री वितरण भैइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सेतो हेरोइन सहित मानिसलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बाराको सूचना संकलन शाखाको प्रहरी टोली र प्रहरी चौकी पिपरपातिबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको संयुक्त टोलीले छाप्रोमा छापामारी गरेको हो।

प्रहरीले सेतो हिरोइन जस्तो देखिने पाउडर केही ग्राम र नाइट्रोभ्याट एक पाता १५ पिस बरामद गरेको हो।

सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही टोलमा बस्ने अन्दाजी ४७ वर्षीय रामसेवकप्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले अनुसन्धानको लागि बारा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई साहलाई हिरासतमा राखि अनुसन्धान गरिरहेको छ। सो पोखरी रामनरेश मुखियाको रहेको जनाइएको छ।

साझा गर्नुहोस्