कोल्हवी : बाराको कोल्हवी नगरपालिका वाड नम्बर १ कोल्हवीमा रहेको अनुप दिपनी माध्यमिक विद्यालयको एक कार्यक्रमविच ७२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष किशोरी प्रसाद चौधरीको सभापतित्वमा सो दिवस आइतबार सम्पन्न भएको छ। कार्यक्रमलाई प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पानसमा बत्ती बाली उदघाटन गरेका हुन्।
मैनालीले विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयमा निर्माण हुने एक करोडको भवनको ठेक्का लागिसकेको जानकारी दिए। विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि शिक्षक,अभिभावक,विद्यालय व्यवस्थापन समिति र बिद्यार्थीको अहम भूमिका हुने उनले बताए।
सबैले आ आफ्नो जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गर्न उनले आग्रह गरे।
विद्यालयका प्रधानअध्यापक रामप्रकाश चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा शिक्षक उमेश चौधरी,शैलेन्द्र चौधरी,आनन्द चौधरी र स्व. गजेन्द्र चौधरीलाई सम्मान पत्रले सम्मानित गरिएको थियो। कार्यक्रममा मिश्रीलाल साह,भद्री भटटा,जितन चौधरी,ढुण्डिराज उप्रेती, कमला उप्रेती,केवल प्रसाद चौधरी,डा. द्वारिक उप्रेती,नगर प्रमुख रामप्रसाद चौधरी लगाएतकाले उक्त अवसरमा मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम शिक्षक नन्देश्वर चौधरी र जीवन पोखरेलले संचालन गरेका हुन्। कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समिति सदस्य त्रियोगी प्रसाद चौधरीले गरेका थिए।
उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी,उपप्रमुख लक्ष्मी कुमारी चौधरी,वाड न १ का वडा अध्यक्ष राजहरण चौधरी,शिक्षा शाखा प्रमुख मिश्रीलाल साह, सपही कलेजका सभा अध्यक्ष केवल प्रसाद चौधरी,सपही कलेज व्यवस्थापन समितीका अध्यक्ष ढुण्डिराज उप्रेती,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती,ने. रा. मा. बि.सपहिका प्र. अ भुनेश्वर चौधरी,जनता मा. बि. ककडी प्रसौनाका प्र. अ चन्द्रदेव कुशवाहा,जयसिंह चौधरी,निर्धन उत्थान बैकका प्रमुख लेक बहादुर थापा,लोक बहादुर लामा लगायतको उपस्थित रहेको थियो।









