सिकेन्द्र पासवान/
नेपाल प्रेस यूनियन बारा शाखाले चुनावी प्रचार प्रसार समिति गठन गरेका छन । स्थानिय निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा नेपाली काँग्रेसका बिभिन्न तहका उम्मेदवारलाई जिताउनका लागि नेपाल प्रेस यूनियन बाराले जिल्ला स्तरिय र पालिकामा समेत गरि उपसमिति गठन गरेको हो ।
जिल्ला स्तरिय चुनाव प्रचार प्रसार समितिको संयोजकमा रेडियो नेपालको बारा समाचारदाता एवम नेपाल प्रेस य्रनियनका केन्द्रिय पार्षद सिकेन्द्र पासवानलाई जिम्मेवारी दिएको छ भने सदस्यहरुमा राससका सत्यप्रसाद श्रेष्ठ, नेपाल टेलिभिजनका रेशम तिवारी, लेखनी डटकमका गणेशराज रिजाल, रेडियो नागरिकका बसन्त शर्मा, साझेदारी दैनिकका नवलकिशोर साह र पतालगंगा एफएमकी बिनिता चौधरी चयन भएका छन ।
त्यसैगरि पालिका स्तरिय उपसमितिका लागि कलैया उपमहानगरपालिकमा कलैया टुडेका निवेश तिम्लिसिना, जीतपुरसिमरा उपमहानगरपालिकामा नया पत्रिकाका बसन्त खतिवडालाई प्रचार प्रसार उपसमितिको संयोजक तोकेको नेपाल प्रेस यूनियनका बारा जिल्ला अध्यक्ष श्यामबाबु यादवले जानकारी दिए ।
त्यसैगरि सिम्रौनगढ नगरपालिकामा प्रतिक दैनिकका रामेश्वर मेहता, कोल्हवी नगरपालिकामा पतालगंगा एफएमका धिरेन्द्र पनुहर, निजगढ नगरपालिकामा तराई संचार कटकमका गुरुप्रसाद गौतम,आर्दश कोतवाल गाँउपालिकमा रेडियो बादलका नुरआलम बादशाह, बारागढी गउाँपािलकामा रेडियो कोल्हवीका मुकेश साह, पचरौता नगरपालिकामा बिश्वास एफएमका साजिर मंसुरलाई उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।
बैठकले सुवर्ण गाँउपालिकामा कान्तिपुर टिभिका रमेश ठाकुर, महागढीमाई नगरपालिकामा प्राईम टेलिभिजनका श्रीकान्त गुप्ता,देवताल गाँउपालिकामा देवताल डटकमका श्यामल कुमार गिरी, करैयामाई गाँउपालिकामा साझेदारी राष्ट्रिय दैनिकका सन्तोष पाण्डेय, परवानीपुर गाँउपालिकामा साझेदारी राष्ट्रिय दैेनिक कै अनिल साह, प्रसौनी गाँउपालिकमा भोजपुरिया दैनिकका प्रभु यादव, फेटा गाँउपालिकामा जनगुनासो दैनिक डटकमका उमेश दुवे र बिश्रामपुर गाँउपालिकामा साझेदारी दैनिकका रबिन्द्र साहलाई प्रचार प्रसार उपसमितिको संयोजक चयन गरिएको युनियन बाराका अध्यक्ष यादवले जानकारी दिए ।