एक सय ब्यालिस किलो अबैध लागु औषध गाँजा बरामद

गढिमाइ खबर
296 पाठक संख्या

कलैया : प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानीबाट बुधबार राति एक सय ब्यालिस किलो अबैध लागु औषध गाँजा बरामद गरेको छ ।

प्रहरी चौकी श्री नगर बैरियाका प्रहरी सहायक निरिक्षक जगदिश प्रसाद यादवको कमाण्डमा खटिृएको प्रहरी टोलीले कोतवाली नहरबाट खजानी तर्फ आउदै गरेको बि.आर २२ ए.क्यु २९७६ नम्बरको सुपर स्पलेन्डर मोटरसाईकलबाट उक्त परिमाणको अबैध लागु औषध गाँजा बरामद गरेको हो ।

बरामद गरिएको उक्त गाँजा ९ पोका रहेको छ । प्रहरीको गस्ती टोलीलाई देखेर गाँजा तस्कर मोटरसाईकल र गाँजा छाडी फरार भएका थिए।

बरामद गरिएको लागु औषध गाँजा सहित मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्