कलैया,१६ असोज । जिल्ला प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावण देखि भदौ महिनामा ९ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको राजस्व संकलन गरेको छ ।
सो अवधिको दुई महिनामा सबैभन्दा बढी ९ करोड ५१ लाख २७ हजार २८ रुपैयाँ संकलन गरिएको बाराका प्रहरीले प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले प्रगति विवरण सार्वजनिक गरि जानकारी दिएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बारामा ठाडो उजुरी २ सय १६ दर्तामा १ सय ५८ फर्छौट भएको छ भने ५८ वटा फर्छौट हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
घाउ जाँच १ सय २२ उजुरी दर्ता भएको छ भने जिल्ला प्रशासन कार्यालय बाराबाट १ सय ४३ उजुरी आएकोमा १ सय १ वटा उजुरी फर्छौट भएको छ भने ४२ वटा उजुरी फर्छौट हुन बाकी रहेको छ ।
बारामा दुई महिनामा कुल ४ सय ८१ वटा उजुरी दर्तामा २ सय ५१ वटा फर्छौट भएको छ भने २ सय २२ वटा उजुरी फर्छौट हुन बाकी रहेको छ ।
त्यसैगरी अपराध सम्बन्धि २ सय ६२ वटा दर्ता भएको छ भने ५२ वटा फर्छौट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवना तोकेको १८ जना फरार रहेका प्रतिवादी पक्राउ गरेको छ ।
उक्त फरार प्रतिवादीहरुलाई अदालतबाट १ वर्ष १४ महिना ६१ दिन कैद र ६ लाख ६६ हजार १६ रुपैयाँ जरिवाना संकलन गरेको छ ।
त्यस्तै प्रहरीले लागू औषध सम्बन्धि गाँजा- ३ सय ११ किलो १ ग्राम,फेनारगन- २ सय २४,ब्रुनोफिन-२ सय २४,डाईजोपाम- २ सय २४,डाईजेपाम -२ सय २४,ट्रामाडोल – ३० पिस,नाईट्रोभेट- १० पिस,हिरोईन ९२ किलो ३ सय ५० ग्राम र अफिम १० ग्राम प्रहरीले बरामद गरेको छ ।
त्यस्तै दुई महिनामा महिला सेलमा ४ सय ४६ उजुरी दर्तामा २ सय ९८ फर्छौट भएको छ भने ६९ जना महिला,बालबालिका तथा जेष्ठ नागरिक हराएका मध्य २७ जना प्रहरीले फेला परेको जानकारी दिएको छ ।
त्यसैगरी बारामा १ सय ६२ वटा सवारी दुर्घटनामा ३ सय ५ जना घाइते भएका छन् भने १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले ५ हजार ८७ जनालाई कार्वाही गरेको छ भने कार्वाही बापत २० लाख ६१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।





